ब्रहमाकुमारी राजयोग सेवा केन्द्र द्वारा समाजसेवीहरुको सम्मान कार्यक्रम सम्पन्न

ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंज द्वारा बिरगंजका विभिन्न सामाजिक क्षेत्र काम गरिरहेको विशिष्ट ब्यक्तीहरु तथा समाजसेवीहरुको सम्मान गरेका छन। आज शनिबारको दिन एक कार्यक्रमको आयोजना गरि बिरगंज स्थित ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया भवनमा सम्पन्न भएको छ।उक्त कार्यक्रमका प्रमुख अतिथी मान्निय मन्त्री जनार्दन सिंह क्षेत्रीको आतिथ्यमा सम्पन्न भएको हो भने ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजका प्रमुख रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको हो। विशिष्ट अतिथीमा मधुवनबाट आएका बिके गिरिश भाई जी,बिके बिरेन्द्र भाई जी,बिके प्रकाश भाईजीको विशेष उपस्थिति रहेको थियो।

उपकार सेवा नेपाल को बर्तमान कार्यकारी अध्यक्ष श्रीमती बिध्या कुमारी सरावगी,समाजसेबी प्रकाश थारु,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवनबहादुर रायमाझी,धुर्व साह,डा.निरज सिंह,डा.उदय नारायण सिंह,प्रकाश खेतान,ग्यासुदिन ठकुराई,मधु राणा,सुरेश रुङटा,गनेश लाठ,रन्जित सिंह लगाएतकाहरुको पनि सहभागिता रहेको थियो।

उक्त सम्मान कार्यक्रममा बारा,पर्सा,रौतहट,रक्सौलका समेत गरि २६ जना विशिष्ट समाजमा योगदान पुर्याउने ब्यक्तिहरु लाई सम्मान गरिएको थियोे।उनिहरु लाई टीका,फुलमाला,दोसल्ला ओढाइ सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।

सम्मानित हुनेमा डा.निरज सिंह,डा.उदय नारायण सिंह,प्रकाश खेतान,प्रकाश थारु,ग्यासुदिन ठकुराई,मधु राणा,सुरेश रुङटा,गनेश लाठ,रन्जित सिंह,देवेश मानवसेवा,बिकि सर्राफ लगाएतकाहरु लाई सम्मान गरिएको थियो।आजको कार्यक्रम संचालन बिके गोकुल गुबाजुले गरेका थिए।